सोमबार, मंसिर २९, २०८२

सूर्य नेपाल इस्टर्न ओपन गल्फमा निरजलाई अग्रता

पार–७० को धरान गल्फ क्लबको कोर्समा उनले ५–अन्डर ६५ को कार्ड तयार पारेका हुन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन घरेलु गल्फर निरज तामाङले एक स्ट्रोकको अग्रता बनाएका छन्।

National life

पार–७० को धरान गल्फ क्लबको कोर्समा उनले ५–अन्डर ६५ को कार्ड तयार पारेका हुन्। नेपालका नम्बर एक शुक्रबहादुर राई र सञ्जय लामा ४–अन्डर ६६ को स्कोरका साथ संयुक्त रुपमा दोस्रो स्थानमा छन्।

३–अन्डर ६७ मा पहिलो १८ होलको खेल पूरा गरेका भुवन नगरकोटी चौथो स्थानमा रहँदा इभन–पार ७० सहित जयराम श्रेष्ठ पाँचौ स्थानमा छन्।

प्रतियोगिताको एमेच्योरतर्फ राजकुमार राईले दुई स्ट्रोकको अग्रता बनाएका छन्। दोस्रो स्थानमा रहेका रुपेन्द्र गुरुङ र युवराज भुजेलले ३–ओभर ७३ को कार्ड बनाएका छन्। उनीहरू प्रोफेसनल गल्फर धनबहादुर थापासँग संयुक्त रुपमा १४औं स्थानमा रहेका छन्। प्रो. दलबहादुर लामा, थामबहादुर राई, दीपक आचार्य र भुवनकुमार रोक्कासँगै एमेच्योेर खेलाडीद्वय शुक्रराज राई र सुन्दर राई संयुक्त रुपमा १७औं स्थानमा रहेका छन्।

जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र  ११ एमेच्योर खेलाडीले सहभागिता जनाएको आयोजक प्रोफेसनल गल्फर एसोसिएसनले जानकारी दिएको छ। दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ व्यावसायिक र कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेलका लागि कट बनाउनेछन्। 

Laxmi sunrise bank
kumari

कुल ८ लाख  पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन्। उपविजेताले ९० हजार तथा तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: Dec 27, 2022| 17:07 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।