शनिबार, कात्तिक १, २०८२

भलिबल टिमको खेलस्तर सुध्रिएको कप्तान बस्नेतको दाबी

मंगलबार प्रतियोगिता सम्पन्न भई स्वदेश फर्किने क्रममा कप्तान बस्नेतले टिममा अनुभव नभएका कारण पराजित भए पनि प्रदर्शन उच्च रहेको दाबी गरेका हुन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– बंगलादेशमा भएको बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाएपछि टिमको खेलस्तर माथि आएको टिम कप्तान धिरोज बस्नेतले बताएका छन्। मंगलबार प्रतियोगिता सम्पन्न भई स्वदेश फर्किने क्रममा कप्तान बस्नेतले टिममा अनुभव नभएका कारण पराजित भए पनि प्रदर्शन उच्च  रहेको दाबी गरेका हुन्।

उनले भने ‘ टिममा अनुभवको कमी थियो। यसअघि कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिएनन्। त्यसैले अनुभवको कमी भयो। तर टिमले सोचेभन्दा उच्च प्रदर्शन गरेका कारण हामी खुसी छौ। यस प्रतियोगिताले गर्दा टिमको खेलस्तर पनि माथि आएको छ।’

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको थियो। प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ। फाइनलमा किर्गिस्तानलाई ३–२ को सेटमा हराएर बंगलादेश च्याम्पियन बनेको हो।

प्रकाशित: Dec 27, 2022| 16:14 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।