काठमाडौं- पोर्चुगिज तथा युभेन्ट्स स्टार खेलाडी क्रिस्टियानो रानाल्डो विश्व फुटबल क्षेत्र मध्यका एक सर्वश्रेष्ठ खेलाडी हुन्। उनी मैदान भित्र मात्र नभई मैदान बाहिर कस्ता छन् त ? पुर्व रियल मड्रिड स्टार रोनाल्डो बारेमा धेरै दान गरेको समाचार सार्वजनिक भएका थिए तर, ति अधिकंश समचार झुटा सावित भएका छन्। केही रोनाल्डोका बारेमा प्रकाशित समाचरहरु।
१. बाढी पिडितलाई ७७ करोड दान
हालै मात्र प्रकाशन भएका रोनाल्डोका बारेमा धेरै समाचरको सुचि छ। न त रोनाल्डो, न त उनको क्लब वा एक अनुमतिप्राप्त मिडियाले यसको बरेमा सुचना दिएको हो। झुटो समाचार ह्याट्सअप समूहको माध्यमबाट प्रसारित भएको थियो र ट्वीटर, फेसबुकमा र इन्स्टिाग्राबाट यो समाचार फैलिएको थियो।
२. प्यालेस्टाइनीलाई गोल्डेन बुट दान
त्य दिन जब क्रिस्टियानो रानाल्डोले सिजनको शीर्ष गोलकर्ताको रुपमा गोल्डेन बुट जितेका थिए। त्यही गोल्डेन बुट रोनाल्डोले प्यालेस्टाइनीहरुलाई दान दिएको समाचार सार्वजनिक भएको थियो । प्यालेस्टाइन त्यो समय इजरायली सरकारद्धारा पिडित थियो। तर, बुट अहिले पनि उनकै कोठामा राखिएको छ । त्यो समाचार एक क्लिक बैट वेबसाइटद्धारा प्रकासित गरिएको थियो र विश्वभर फैलीएको अन्तर्राष्ट्रिय समाचारले बताएको छ।
३. नेपाली भुकम्प पिडितलाई ७.८ मिलियन दान
जब नेपालमा २०७२ बैशाख १२ गते विनाशकारी महाभुकम्प गएको थियो त्यती बेला पोर्चिुगिज स्टार खेलाडी रोनाल्डोले लगभग ७.८ मिलियन राहात स्वरुप दान गरेको समाचार बाहिरीएको थियो। तर, सेभ दि चिल्ड्रेनद्धारा अस्वीकार गरिदिएको थियो।
४. च्यापकोन्से दुर्घटना पिडितलाई ३ मिलियन दान
फुटबल दुनिया एक दुखद घटना घटेको थियो। जहाँ ब्राजिलियन टिमलाई बोकेको विमान दुर्घटनामा परेको थियो। यसै दुर्घटनामा एक खेलाडीले आफ्नो ज्यान गुमाएका थिए। त्यती बेला फेरि पनि दावा गरिएको थियो की रोनाल्डोले टिमलाई तीन मिलियन दान गरेको छ। जो पछि झुटो साबित भयो।
जबकी रोनाल्डोले उल्लेखनिय मानवतावादी कामको एक ठुलो सम्झौता गरेको छ। सिरिया नागरिकलाई दान गर्ने तथा अन्ये कैयौ व्यक्तीकाबीच आफ्ना प्रशंसकहरुको सर्जरी गर्न पैसा दान गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४