काठमाडौं– बंगलादेशमा भएको बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली टोली आज स्वदेश फर्किंदै छ।
प्रतियोगितामा जित तथा पदकविहीन भएको नेपाल ढाकामा सोमबार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग पनि ३–२ को सेटमा पराजित हुँदै जीतविहीन हुन पुग्यो।
प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ। फाइनलमा किर्गिस्तानलाई ३–२ को सेटमा हराएर बंगलादेश च्याम्पियन बनेको हो। च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको थियो।