सोमबार, मंसिर २९, २०८२

नेदरल्यान्डका युवा फर्वार्ड ग्याक्पो लिभरपुलमा अनुबन्ध

घरेलु क्लब पिएसभीमा व्यावसायिक फुटबल खेल्दै आएका ग्याक्पोले ६ वर्षका लागि सम्झौता गरेका हुन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका डच टिमका युवा फर्वार्ड कोडी ग्याक्पो इंग्लिस क्लब  लिभरपुलमा अनुबन्ध भएका छन्। घरेलु क्लब पिएसभीमा व्यावसायिक फुटबल खेल्दै आएका ग्याक्पोले ६ वर्षका लागि सम्झौता गरेको अन्तराष्ट्रिय ट्रान्सफर मार्केटका पत्रकार फाब्रजियो रोमानियोले जनाएका छन्। 

उनलाई लिभरपुलले ३७ मिलियन युरो मा क्लब भित्र्याएको हो। २३ वर्षीय ग्याक्पोले कतार विश्वकपमा नेदरल्यान्डका लागि पाँच खेलमा तीन गोल गरेका थिए। उनलाई म्यानचेस्टर युनाइटेडले मुख्य चासोका साथ भित्र्याउन इच्छा जनाउँदै आएको थियो। तर अन्तिम समय ग्याक्पो लिभरपुलमा आबद्ध भएका हुन्।

प्रकाशित: Dec 27, 2022| 12:18 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।