सोमबार, मंसिर २९, २०८२

यलम्बर कप तथा यलम्बर भेट्रान्स च्याम्पियनसिप माघमा

तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता माघमा आयोजना हुने भएको छ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं- तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता माघमा आयोजना हुने भएको छ। 

National life

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलले सोमबार सुम्निमा तपोखिममा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १ गतेबाट ५ गतेसम्म आयोजना हुने जनाएको छ।

प्रतियोगितामा मेन्स ओपन डबल्स (शीर्ष २० वरीयता बाहेक ), सुपर भेट्रान्स डबल्स (५५ वर्षमाथि), भेट्रान्स डबल्स (४५ वर्षमाथि), मेडियम भेट्रान्स डबल्स (३५ वर्षमाथि), महिला एकल (शीर्ष २० वरीयता बाहेक) र पुरुष एकल (१९ वर्षमुनि शीर्ष २० वरीयता बाहेक) इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

नखिपोट युवा क्लबको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगिताको मेन्स ओपन डबल्सको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छन्।

सुपर भेट्रान्स डबल्सको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउने छन्।

Laxmi sunrise bank
kumari

भेट्रान्स डबल्स र मेडियम भेट्रान्स डबल्सको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउने छन्।

महिला एकलतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार प्राप्त गर्दा पुरुष एकलको विजेताले ३० हजार, उपविजेताले २० र तेस्रोले २० हजार पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने  नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राईले जानकारी गराए।

अध्यक्ष राईले पहिलो किराँत कालिन राजा यलम्बरलाई विश्वमा चिनाउन साथै खेलकुदको माध्यमबाट स्वस्थ्य समाज निर्माण र खराब संगत र कुलतबाट युवाहरुलाई जोगाई सभ्य समाज निर्माण गर्न सहयोग पुर्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराए। 

प्रतियोगिताका आर्थिक संयोजक दिनेश राईले प्रतियोगिताको अनुमानित बजेट कुल १९ लाख १० हजार रहेको जानकारी गराए।

प्रतियोगिताका प्रचारप्रसार विभागका संयोजक निश्चल राईले प्रतियोगितालाई आगामी वर्षबाट थप बृहत रुपमा आयोजना गरिने जानकारी गराए।  

पत्रकार सम्मेलनमा सर्कलका अध्यक्ष जयराम राई, सचिव पदम राई, आर्थिक संयोजक दिनेश राई, प्रचारप्रसार संयोजक निश्चल राई, कार्यक्रम ब्यबस्थापन समितिका संयोजक रोशन चाम्लिङ राई लगायत सर्कलमा सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: Dec 27, 2022| 10:22 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।