शुक्रबार, जेठ १, २०८३

अमेरिकामा असुरक्षित बन्दै नेपाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- नेपालबाट हालै बसाईं सरेकी एक महिलाको अमेरिकाको मेरील्यान्डस्थित हार्डफोर्ड काउन्टीमा गोली हानी हत्या भएको छ। मेरील्यान्डमा बिहीबार बिहान भएको गोलीकाण्डमा मारिने तीन जनामध्ये एक नेपाली महिला हुन्। 

स्थानीय सामुदायिक अगुवा हरि भण्डारीका अनुसार पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको हत्या भएको हो। गोली लागेर घाइते हुनेमा पूर्ण आचार्य छन्। उनको स्थानीय अस्पतालमा उपचार जारी छ।

गत अप्रिलमा मात्रै श्रीमानसँगै अमेरिकामा बसोबास गर्न आफ्नो दुई छोराछोरी लिएर अमेरिका पुगेकी गिरी मेडिकल स्टोरको गोदाममा काम गर्दै गरेको अवस्थामा गोली प्रहारको शिकार भएकी हुन्। उनका १४ वर्षीया छोरी र ११ वर्षीय छोरा छन्।

बाल्टिमोरभन्दा ३५ माइल उत्तरपूर्व एडबरडिमास्थित राइट एड कम्पनीको औषधी वितरण केन्द्रभित्र मानसिक सन्तुलन ठीक नभएकी २६ वर्षीया स्नोचिया मोज्लीले अन्धाधुन्ध गोली चलाएकी स्थानीय प्रहरीलाई उद्धृत गर्दै कान्साससिटी डट कमले उल्लेख गरेको छ। मोज्लीले १३ राउन्ड गोली फायर गर्दा अन्त्यमा आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेकी छन्। ती महिलालाई २०१६ मै मानसिक सन्तुलन ठीक नभएको पहिचान भएको थियो।

यसअघि गत २२ जनवरीमा समेत अमेरिकाको टेक्सास राज्यमा लुटेराको गोली प्रहारबाट ३५ वर्षिय नेपाली युवा मनिष पाण्डेको हत्या भएको थियो। यो घटना हुनु दुई वर्षअघि टेक्सासमै अर्की नेपाली युवती समिरा शिवाकोटीको समेत लुटेराले प्रहार गरेको गोली लागेर मृत्यु भएको थियो।

अमेरिकी सरकारले सर्वसाधारणलाई निश्चित क्षमतासम्मको घातक हातहतियार कानूनी रूपमै बोक्न पाउने सुविधा प्रदान गरेको छ। अमेरिकामा घातक हतियार प्रयोगलाई कानूनबाटै प्रोत्साहित गरिएकाले विद्यालय, डिपार्टमेन्टल स्टोर,सपिङ मललगायत सार्वजनिक स्थलमा श्रृंखलाबद्ध अन्धाधुन्द गोली प्रहारको घटना हुँदै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।