शनिबार, कात्तिक १, २०८२

आर्सनललाई ७ अंकको अग्रता

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले ७ अंकको अग्रता लिएको छ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले ७ अंकको अग्रता लिएको छ।

Kumaribank

गयराति भएको खेलमा वेस्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकामा फराकिलो अग्रता बनाएको हो। दोस्रो स्थानमा रहेको लेस्टर सिटीले १६ खेलबाट ३३ अंक जोड्दा १ खेल कम खेलेको आर्सनलको १५ खेलबाट ४० अंक जोडेको छ। 

वेस्टह्यामले आफ्नै मैदानमा आर्सनलाई स्वागत गर्दा सुरुआती अग्रता भने उसैले लिएको थियो। २७ औं मिनेटमा मोहम्मद सइदले पेनाल्टीमा गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ गोलले पछि परेको आर्सनलले दोस्रो हाफमा पुनारगमन गरेको थियो। आर्सनलका लागि बकायो साकाले गोल गर्दै खेल एक/एक गोलेको बराबरीमा ल्याएका थिए।

५८औं मिनेटमा ग्याब्रिएल मार्टेनलीले गोल गरेपछि आर्सनले २–१ ले अघि बढेको थियो। यस्तै एडवार्ड निकेटले ६९औं मिनेटमा गोल गर्दै आर्सनलको ३–१ को जीत पक्का गरेका हुन्।

Metro Mart

प्रिमियर लिगकै अन्य खेलमा ब्रेन्टफोर्ड र टोटनह्यामले २–२ गोलको बराबरी खेल्दा न्यूक्यासलले लेस्टर सिटीमाथि ३–० को जित पक्का गरेको थियो।

यस्तै व्राइटनले साउथह्याम्पटनमाथि ३–१ गोलको जित दर्ता गर्दा फुलह्यामले क्रिष्टल प्यालेसमाथि ३–० को सजह जित दर्ता गरेको थियो। वुल्भसले एभर्टनलाई २–१ गोलले पछि पार्दा लिभरपुलले एस्टोन भिल्ला माथि ३–१ गोलको जित पक्का गर्न सफल भयो।

प्रकाशित: Dec 27, 2022| 08:04 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।