सोमबार, मंसिर २९, २०८२

बंगलादेश भ्रमणका सबै खेलमा नेपाल पराजित

ढाकामा सोमबार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग ३-२ को सेटमा पराजित हुँदै नेपाल सबै खेलमा पराजित भएको हो।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं- बंगलादेशमा जारी बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपका सबै खेलमा नेपाल जित विहीन भएको छ। ढाकामा सोमबार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग ३-२ को सेटमा पराजित हुँदै नेपाल सबै खेलमा पराजित भएको हो।

National life

पहिलो सेट २५-२२ ले जितेको नेपालले त्यसपछि दुई सेट लगातार गुमाएको थियो। श्रीलंकाले दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-१९ ले जितेको थियो।

चौंथो सेट नेपालले २५-२० ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो। पाँचौं तथा अन्तिम सेटमा नेपाललाई १५-१० ले हराएर श्रीलंकाले तेस्रो स्थान हासिल गरेको छ। यस खेलमा हार व्यहोरेसँगै नेपाल प्रतियोगितामा जित विहीन बनेको छ।

प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ। फाइनलमा किर्गिस्तानलाई ३-२ को सेटमा हराएर बंगलादेश च्याम्पियन बनेको हो।

च्याम्पियनसिपमा  आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ।

Laxmi sunrise bank
kumari


प्रकाशित: Dec 26, 2022| 21:20 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।