सुर्खेत- कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन्।
ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए। शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन्।
कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १–१ जना स्वतन्त्र गरी ४० जना सांसद रहनुभएको छ। जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन्।