शुक्रबार, फागुन ८, २०८२

टि-२० क्रिकेट लिग : फार वेस्ट युनाइटेड विजयी

आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौं नाइटसलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं- राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि-२० क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौं नाइटसलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। 

National life

यसअघि भएको पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टार्ससगँ ६७ रनले पराजित भएको थियो। काठमाडौंले दिएको ९९ रनको लक्ष्य फार वेस्टले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो।

फार वेस्टको जितमा कप्तान हस्मतुल्लाह साहिदीले अविजित ५० रनको योगदान दिए। उनले ४९ बल खेल्दै दुई छक्का र तीन चौकाको मद्दतमा ५० रन जोडेका हुन्। त्यसैगरी देव खनालले १७ रन जोड्दा भीम सार्कीले ११ रन बनाए। विनोद भण्डारीले चार तथा उमर अलीले एक रन जोडे। 

बलिङतर्फ काठमाडौं नाइटसका अनिल खरेलले दुई विकेट लिए भने अविनाश बोहोरा, बसिर अहमद, अजमतुल्लाह उमरजाइ र रायन बुर्लले समान एक/एक विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९८ रन बनाएको थियो। काठमाडौंका लागि एलेक्स ब्लेकले सर्वाधिक ४५ रन जोड्नेबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १३ रन जोड्दा सन्तोष कार्कीले १२ रन जोडे। त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 

Laxmi sunrise bank

बलिङतर्फ फार वेस्टका उमर अली एक्लैले तीन विकेट लिए भने भुवन कार्की र हस्मतुल्लाह साहिदीले समान दुई/दुई विकेट लिए। त्यस्तै शेर मल्लले एक विकेट लिए। यता काठमाडौँको भने यो पहिलो हार हो। 

यसअघि भएको पहिलो खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई २६ रनले हराएको थियो। प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छन्। प्रतियोगितामा छ टोलीको सहभागिता छ।


प्रकाशित: Dec 26, 2022| 14:47 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।