काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयमा रहेको बताएका छन्। उनले गृहसँगै पोर्टफोलियोमा उपप्रधानमन्त्री पनि दाबी गरेका छन्।
गठबन्धनको बैठकपछि उनले पत्रकारहरुसँग भने, ‘हामीले हाम्रा कुरा राखेका छौं। निर्णय त प्रधानमन्त्रीले गर्नुहुन्छ। हाम्रा एजेन्डामा साझा समझदारी बनाउने हो। भ्रष्टाचारमा निर्मम हुनुपर्छ। भ्रष्टाचार न्यूनीकरणका लागि संयन्त्र बनाउनुपर्छ।’ प्रतिनिधिसभामा रास्वपाबाट २० जना सांसद छन्।