आइतबार, साउन ११, २०८२

शपथ नलिँदै प्रचण्डलाई बधाईको ओइरो

आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पद तथा गोपनियताको शपथ लिन भने बाँकी छ। शपथका लागि आज अपराह्न ४ बजेको समय तोकिएको छ।
 |  सोमबार, पुस ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

vianetvianet

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी राष्ट्रहरुले बधाई दिइरहेका छन्। आइतबार साँझ प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई भारत, चीन, अमेरिका र पाकिस्तानले बधाई दिइसकेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्ड प्रधानमन्त्रीको रुपमा नियुक्त भएको केही घन्टामै ट्वीट गर्दै बधाई दिएका थिए। ‘नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ। भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनता बीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु,’ मोदीले ट्वीटरमा लेखेका छन्। प्रचण्डलाई नेपालस्थित भारतीय दूतावासबाट पनि बधाई आएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रचण्डलाई बधाई दिँदै दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउँदै उचाईमा पुर्‍याउने उल्लेख गरेका छन्।

आइतबार नै  प्रचण्डलाई नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले टेलिफोनमार्फत बधाई दिएका छन्। उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने अपेक्षा चीनको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि नेपालको प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएको बधाई ज्ञापन गरेका छन्। पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको र दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाले पनि बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमार्फत दाहाललाई ४४ औं प्रधानमन्त्री भएकोमा बधाई दिएको हो।

दूतावासको विज्ञप्तिमा भनिएको छ,  ‘नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकोमा हामी गर्व गर्छौं र दिगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र र मानव अधिकारको सुदृढीकरण जस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाहरूको प्रवर्द्धन गर्न नेपाल सरकारसँग सँगै उभिरहने छौं।’

नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका देशहरूका लागि उदाहरण रहेको पनि अमेरिकी दूतावासले जनाएको छ। नेपालको लोकतन्त्रमा संलग्न सबैलाई अमेरिकाले प्रशंसा गर्ने पनि जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपालले आफ्नो लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउँदै हामी सहयोग गर्न तत्पर छौं।’

आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पद तथा गोपनियताको शपथ लिन भने बाँकी छ। शपथका लागि आज अपराह्न ४ बजेको समय तोकिएको छ। 

प्रकाशित: Dec 26, 2022| 14:35 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...