आइतबार, साउन ११, २०८२

गठबन्धन बैठकमा मन्त्रालय भागबन्डाका विषयमा छलफल हुँदै

मन्त्रालय भागबन्डा गर्न नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।
 |  सोमबार, पुस ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

vianetvianet

काठमाडौं- मन्त्रालय भागबन्डा गर्न नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।

नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको उपस्थितिमा गठबन्धन बैठक बसेको हो।

सरकारमा कुन दलबाट कति मन्त्री भन्ने टुंगो गर्न सत्ता गठबन्धनको बैठक बसेको हो।

प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ। आजै सानो आकारमा मन्त्रिमण्डल गठन हुनेछ। सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी छन्।

प्रकाशित: Dec 26, 2022| 13:18 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...