काठमाडौं- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारमा जाने बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टी सरकारमा जाने भए पनि आफू मन्त्री बन्ने–नबन्ने विषय टुंगो लागिनसकेको बताए। यस विषयमा पार्टीले टुंगो लगाउने उनले प्रस्ट पारेका छन्।
यद्यपि, प्रदेशमा भने जनमत पार्टीले मुख्यमन्त्रीमा दाबी गर्ने प्रस्ट पारे। ‘हामीले दाबी गरिरहेका छौँ (मुख्यमन्त्रीमा)। त्यहाँ हामीसँग निर्णायक संख्या पनि छ। तर, यहाँ (केन्द्रमा) कतिखेर गठबन्धन नै बदलिदिन्छ थाहा हुँदैन,' उनले भने।
उद्योग, कृषिजस्ता जनतासँग प्रत्यक्ष जोडिएका मन्त्रालय पार्टीको रोजाइमा रहेको पनि राउतले दोहोर्याएका छन्।