सोमबार, जेठ ४, २०८३

अब राजनीतिको डिफेन्डिङ बलियो बनाएर जान्छौं : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा पार्टीको डिफेन्डिङ बलियो बनाएर अघि बढ्ने बताएका छन्।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा पार्टीको डिफेन्डिङ बलियो बनाएर अघि बढ्ने बताएका छन्।  नेपाल लिटरेचर फेस्टिबलमा आफ्नो धारणा राख्दै शर्माले नेपाली कांग्रेसलाई सुदृढ बनाएर कसरी अघि बढ्ने भन्नेमा नेतृत्व गम्भीर हुने बताए।

National life

'कुनै बेला कांग्रेसमा जोडिनु प्रतिष्ठाको विषय हुन्थ्यो। त्यो अवस्था फेरि सिर्जना गर्ने छौं। नेपाली कांग्रेसलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा सोच्ने छौं,' उनले भने। जित हार वा सत्ता प्राप्ति भन्दा पनि जनभावना अनुसार काम गर्न सक्नु नै ठूलो विषय हुने उनले बताए।

'वर्ल्डकपमा सबैभन्दा बढी गोल एम्बापेले हान्नुभयो। नेपाली राजनीतिमा सबैभन्दा बढि सिट कांग्रेस जित्यो। यो क्रममा हाम्राो कतै कमजोरी रह्यो होला। पाँच वर्षपछि बलियो डिफेन्डिङका साथ च्याम्पियन बन्छौं,' उनले भने। उनले केही भत्किँदा त्यससँगै निर्माणको काम पनि सुरु हुने बताए। उनले अहिलेको राजनीतिक घटनाक्रम कांग्रेसका लागि टर्निङ प्वाइन्ट भएको जिकिर गरे। 

यो टर्निङ प्वाइन्टको महत्त्व विस्तारै बुझिने उनले बताए। 

प्रकाशित: Dec 26, 2022| 12:18 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...