आइतबार, साउन ११, २०८२

प्रधानमन्त्रीको शपथअघि गठबन्धनको बैठक, आज चार मन्त्रीको शपथ

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ।
 |  सोमबार, पुस ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

vianetvianet

काठमाडौं- प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ। बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति र जनमत पार्टी सहभागी हुनेछन्।

आज अपराह्न ४ बजे प्रधानमन्त्री प्रचण्डको शपथ छ। त्यसअघि सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।  बैठकमा कुन पार्टीले कुन मन्त्रालय पाउने टुंगो लगाउने योजना छ। आजै प्रधानमन्त्री प्रचण्डले सानो मन्त्रीमण्डल बनाउने तयारी गरेका छन्। 

प्रधानमन्त्रीसँगै आज चारजना मन्त्रीले शपथ लिने तयारी छ। एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ, स्वतन्त्र पार्टीबाट रवि लामिछाने र जनमत पार्टीबाट सिके राउतले मन्त्रीको शपथ लिने बताइएको छ। कसले कुन मन्त्रालय पाउने भन्नेचाहिँ टुंगो  लागिसकेको छैन।

प्रकाशित: Dec 26, 2022| 12:16 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...