सोमबार, जेठ ४, २०८३

चिन्ता नलिनुहोस्, नयाँ बिहानी आउनेछ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिम्मेवार प्रतिपक्षका रुपमा देशव्यापी परिचालन भएर नयाँ बिहानी ल्याइने बताएका छन्।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिम्मेवार प्रतिपक्षका रुपमा देशव्यापी परिचालन भएर नयाँ बिहानी ल्याइने बताएका छन्।

National life

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हुँदाहुँदै प्रतिपक्षमा बस्नु परेपछि उनले जिम्मेवार प्रतिपक्षका रुपमा देशव्यापी परिचालन भएर नयाँ बिहानी ल्याउने बताएका हुन्। 

महामन्त्री शर्माले सत्ता गठबन्धन टुट्नुको कारण सबैलाई थाहा भएको जिकिर गर्दै नेता–कार्यकर्ताहरुलाई उत्साह, एकता, रुपान्तरणको दृढता राख्न आग्रह गरे।   

‘भएको के हो सबैलाई थाहै छ। त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ। साँझ परेको छ, रात छिप्पिने छ। जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछौं। नयाँ बिहानी हुनेछ। तर, त्यो आफै आउने छैन, हामी ल्याउनेछौं। त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस्,’  महामन्त्री शर्माले ट्विटरमा लेखेका छन्, 'देशभरबाट साथीहरूले सोधिरहनु भएको छ– कसरी यस्तो भयो? अब के हुन्छ? मैले केवल यत्ति भने– डन्ट वरी।’

प्रकाशित: Dec 26, 2022| 11:49 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...