काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर बधाई दिएका छन्।
सभापति देउवाले आज बिहान फोन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिएका हुन्।
सभापति देउवाले फोन गरेर प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।