सोमबार, मंसिर २९, २०८२

मधेस प्रदेशमा निर्वाचित सबै प्रदेश सभा सदस्यलाई ल्यापटप

मधेस प्रदेशमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई ल्यापटप वितरण गरिने भएको छ।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

महोत्तरी- मधेस प्रदेशमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई ल्यापटप वितरण गरिने भएको छ। प्रदेश सभामा निर्वाचित सांसदको शपथ ग्रहणको तयारी भइरहेको बेला प्रदेश सभा सचिवालयले सबैलाई ल्यापटप वितरण गर्ने तयारी गरेको हो।

National life

ल्यापटप खरिदका लागि टेण्डर आह्वान गरिएको छ। खरिद प्रक्रिया पूरा भएपछि ल्यापटप वितरण गरिने सचिवालयका सचिव रञ्जित यादवले बताए। 

ल्यापटप वितरणका लागि टेण्डर आह्वान गरिएको र सम्पूर्ण प्रक्रिया पूरा गरेर ल्यापटप हस्तान्तरण गरिने उनले बताए।

यसअघि पनि प्रत्येक प्रदेश सभा सदस्यलाई ल्यापटप खरिद गरेर वितरण गरिएको थियो। त्यतिबेला सचिवालयले भ्याटबाहेक १ लाख १७ हजार ९७५ रुपैयाँ पर्ने डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वान, स्क्रिन टच’ ल्यापटप खरिद गरेको थियो।

प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गरेसँगै प्रदेश सभाको लोगो र एक थान ल्यापटप दिने सचिवालयको तयारी छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 26, 2022| 10:34 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।