काठमाडौं- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पद तथा गोपनीयताको शपथ खाँदै छन्।
नवनियुक्त प्रधानमन्त्रीको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
यसैबीच यसपटक प्रचण्डले दौरा–सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ खाने तयारी रहेको उनको सचिवालयले जनाएको छ। तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक दौरा–सुरुवालमा शपथ खान लागेका हुन्। यसअघि उनले टाइ–सुटमा शपथ खाएका थिए।