काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ।
केहीबेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाले प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन्।
सरकारमा पार्टीको भूमिका तथा पार्टीबाट मन्त्री बन्नेहरूको बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन्।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनले आज शपथ लिने कार्यक्रम छ।