काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्ति भएसँगै थप समसामयिक विषयमा छलफल गर्न बैठक बसेको मुख्यसचिव श्रीराम ढकालले बताए।
८ बजे सुरु भएको बैठकमा वर्तमान अवस्था र मन्त्रीमण्डल विस्तारबारे पदाधिकारीहरू बिच छलफल सुरु भएको ढकालले जानकारी दिए। आइतबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरूले संयुक्त रूपमा राष्ट्रपति समक्ष सरकार निर्माणको दाबी पेस गरेको थियो।