आइतबार, साउन ११, २०८२

हिमआँधीमा परी अमेरिकामा २३ जनाको मृत्यु

प्रसारण संस्था एनबिसीका अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा २३ जनाको मृत्यु भएको हो।
 |  आइतबार, पुस १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

vianetvianet

वासिङ्टन- संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ। प्रसारण संस्था एनबिसीका अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा २३ जनाको मृत्यु भएको हो। 

शुक्रबार दिउँसो ओहायो राज्यको स्यान्डुस्की नजिकै ओहायो टर्नपाइकमा ४६ सवारी साधन एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको थियो। ओहायोका गभर्नर माइक डेवाइनले उक्त घटनालाई सडकमा भएका यो साताका भयानक दुर्घटना भनेका छन्। उनले द्रुत गतिमा सवारी साधन नचलाउन र विशेष सावधानी अपनाउन चालकहरूसँग आग्रह गरेका छन्। 

क्रिसमसको पूर्वसन्ध्यामा भएको व्यापक हिमपात र आँधीका कारण लाखौँ घर अन्धकार भएका छन्। अमेरिकाभित्र र बाहिर जाने तीन हजार तीन सयभन्दा बढी हवाई उडान शनिबार रद्द भएका थिए भने करिब सात हजार पाँच सय उडानमा विलम्ब भएको थियो।    -सिन्ह्वा

प्रकाशित: Dec 25, 2022| 20:55 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।