काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले, माओवादी, राप्रपासहित ७ दलको सरकार बनेको विषयमा कटाक्ष गरेका छन्। उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छु भन्नेहरु मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष गरेका हुन्।
उनले जसको सरकार बने पनि नागरिक भने सधैं सास्तीमा रहेको पनि टिप्पणी गरेका छन्। बालेनले फेसबुकमा भनेका छन्, ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा। हामी प्रजा सधैं सास्तीमा।’
आजमात्रै सात दलीय गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियुक्त भएका छन्।
हिजो भने बालेनले नवनिर्वाचित सांसदहरुप्रति टिप्पणी गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा लेखेका थिए
‘नयाँ सांसदहरू
नयाँ गफाडीहरू
उही पुरानो देश
उही पुराना व्यापारीहरू