आइतबार, चैत १९, २०७९

कर्णाली प्रदेशसभाको सपथ सोमबार

प्रदशसभा सदस्यहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ। त्यहाँभन्दा पहिला बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट हुने छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

सुर्खेत- कर्णालीका प्रदेशसभा सदस्यको शपथ सोमबार हुने भएको छ। प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य विनोद कुमार शाहले शपथ खुवाउने छन्। 

National life insurance

प्रदशसभा सदस्यहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ। त्यहाँभन्दा पहिला बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट हुने छ। शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवहाक सभामुख भएर कार्यक्रमको अध्यक्षता ग्रहण गर्छन्।

प्रदेशसभा सदस्यले निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाण–पत्र (सक्कल र सोको प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवम् हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित १ बजेनै प्रदेश सभाको कार्यालयमा उपस्थित हुनुपर्ने छ।

प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेश सभा सदस्य निर्वाचन ऐन (२०७४ को दफा ७५ को उपदफा) २ बमोजिम तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको थियो। तर आइतबारसम्म कुनै पनि सांसदहरुले जानकारी गराएका छैनन्।

प्रकाशित: Dec 25, 2022| 07:30. 28 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।