काठमाडौं- नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन्।
कास्की प्रदेशसभा १ (क) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।
६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेबाट २२ सांसद निर्वाचित भएका छन्। संसदीय दलको नेता चयनसँगै अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।