काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बन्ने भएका छन्।
उनकालाई नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका १२ र स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेश सिंहको समर्थन छ।
यी सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त गरिपाउँ भनेर उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेका छन्।