आइतबार, मंसिर २८, २०८२

टी२० लिगमा जनकपुरको विजयी सुरुवात

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी२० लिग अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा जनकपुर रोयल ५ विकेटले विजयी भएको छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं– पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी२० लिग अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा जनकपुर रोयल ५ विकेटले विजयी भएको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सले दिएको १३८ रनको लक्ष्य जनकपुरले १७।४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

National life

जनकपुरको जितमा सन्दीप जोराले सर्वाधिक ३९ रन बनाए। यस्तै सागर पुनले ३८ रन, चाडविक वाल्टनले १९ र राजेश पुलामी मगर ९ रन बनाएर आउट भए। 

यता पोखराका लागि जाहिर खानले ३ विकेट लिए। शरद भेषावकर र मौसम ढकालले एक एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएपछि जनकपुरले १३९ रनको लक्ष्य पाएको थियो। 

पोखराका लागि आशिफ शेखले ५० रनको अर्धशतकीय इनिङ पूरा गरे। उनले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रन बनाएर आउट भए। यस्तै सिद्धान्त लोहनी २८ रन, अमिर हमाजले १८ रन र प्रतिस जिसीले २८ रनको आक्रमक पारी खेले । उनले १८ बलमा ४ चौकासहित २८ रनमा आउट भए । 

जनकपुरको लागि केसरिक विलियम्सले सर्वाधिक ३ विकेट लिए । यो जितसँगै जनकपुरले विजयी सुरुवात गरेको छ भने पोखराले लगातार दोस्रो हार ब्यहोरेको छ। यसअघि आफ्नो पहिलो खेलमा शनिबार काठमाडौंसँग पोखरा २६ रनले पराजित भएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 25, 2022| 16:40 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।