शनिबार, साउन १०, २०८२

बालकोटको बार्दलीबाट हात हल्लाएर ओली र प्रचण्ड शीतलनिवासतिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।
 |  आइतबार, पुस १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

vianetvianet

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। यो सहमतिसँगै शीर्ष नेताहरु प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति निवास पुगेका  छन्। 

शीतलनिवास प्रस्थान गर्नुअघि ओली र प्रचण्डले ओली निवासको बार्दलीबाट संयुक्त अभिवादन गरेका थिए। यसअघि ओली सरकार ढलेपछि उनले बालकोटको बार्दलीबाट अभिवादन गरेको विषयमा कटाक्ष हुने गरेको थियो। प्रचण्डले समेत कैयौं पटक आफ्नो भाषणमा ओलीलाई बार्दलीमा पुर्‍याइदिएको अभिव्यक्ति दिँदै आएका थिए।

बालकोटमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादीका वरिष्ठ नेता अशोक राई लगायतको बैठक बसेको थियो। उनीहरुबीच वार्ता चलिरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि मिसिएका थिए। यस्तै, नागरिक उन्मुक्तिको पार्टीले पनि प्रचण्डलाई समर्थन गर्ने भएको छ।

एमाले महासचिव शंकर पोखरेलले १६६ जना सांसदको समर्थनमा सरकार गठन हुने दाबी गरे। प्रधानमन्त्रीबाहेक बाँकी पदहरुको बारेमा भने आगामी बैठकहरुमा छलफल गर्ने उनले बताए।

बालकोटमा भएको छलफलमा प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो । प्रचण्ड सरकारमा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सहभागी हुँदैछन् । 

प्रकाशित: Dec 25, 2022| 16:33 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...