काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्को सबैभन्दा ठूलो दलले सरकार बनाउन नसकेपछि एमालेले अग्रसरता लिएको बताएका छन्।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको माओवादीलगायत अन्य साना दलहरुको बैठकमा भएको सहमतिबारे जानकारी दिँदै पोखरेलले एमाले नेतृत्वको गठबन्धनमा १६६ जना सांसद रहेको जानकारी दिए।