शनिबार, चैत १४, २०८२

एएफसी यू-१६ च्याम्पियनसिप छनोटबाट बाहिरियो  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-काठमाडौंमा जारी एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ । नेपाल म्यानमारसँग शुक्रबार भएको खेलमा ११-१ को फराकिलो गोल अन्तरले पराजित भएको हो ।

लगातार दोस्रो हारसँगै नेपालको छनोट हुने सम्भावना सकिएको छ । म्यानमारसँग दबाबमा परेको नेपालले पहिलो हाफमा १० गोल खाएको थियो । दोस्रो हाफमा सुधारिएको खेल पस्केको नेपालले एक गोल फर्काउन सफल हुदा एक गोल खान पुगेको थियो । 
नेपालकी निकिता थोकरले एक गोल फर्काइन् । शुक्रबारै भएको अर्को खेलमा फिलिपिन्सले मलेसियालाई १-० ले पराजित गरेको छ । फिलिपिन्सलाई जित दिलाउन अलामोले निर्णायक गोल गरिन् । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा अलामोले गोल गरेकी हुन् । लगातार दुई जितसँगै फिलिपिन्सले ६ अंक जोडेको छ । मलेसियाको यो लगातार दोस्रो हार हो । 

यसअघि पहिलो खेलमा फिलिपिन्सले नेपाललाई ४-० ले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन म्यानमार र फिलिपिन्सबीच समूह विजेताको टुङ्गो लगाउने खेल हुनेछ ।

समूहको शीर्ष दुई टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भैसकेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।