सोमबार, असार १६, २०८२

पहिचान पुरस्कार ‘सिरिजङ्गा फाल्गुनन्दा र इमान सिंह चेम्जोङका लेखोट’ र ‘गुरु’लाई

पहिचान पुरस्कार कोषले २०७८/७९ वर्षको लागि पहिचान पुरस्कार अर्जुनबाबु मावहाङ र अमित थेबेद्वारा लिखित ‘सिरिजङ्गा फाल्गुनन्दा र इमान सिंह चेम्जोङका लेखोट’ र कविता राईद्धारा लिखित ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
 |  आइतबार, पुस १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

vianetvianet

काठमाडौं- पहिचान पुरस्कार कोषले २०७८/७९ वर्षको लागि पहिचान पुरस्कार अर्जुनबाबु मावहाङ र अमित थेबेद्वारा लिखित ‘सिरिजङ्गा फाल्गुनन्दा र इमान सिंह चेम्जोङका लेखोट’ र कविता राईद्धारा लिखित ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

लालीगुराँस नगरपालिको नगरप्रमुखसमेत रहेका माबोहाङ लिम्बु जातीको विषयमा खोज अनुसन्धानमा सक्रिय छन्।

उनी मुन्धुम दर्शनको अध्येता पनि हुन्। अमित थेवे मिहाङ हाल रोजगारीको लागि बेलायतमा छन्। उनी युवा कवि, पत्रकार र सामाजिक अभियन्ता हुन्।

उनीहरूको संकलन र लेखनमा प्रकाशित भएको पुस्तक हो, ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ । धरानको विजपुरमा क–कस्ले राज्य गर्‍यो र शेनवंशीहरुको उदय कसरी भयो भन्ने विषय पुस्तकमा समेटिएको छ।

कविता राई शिक्षक हुन् । उनी कविता र आख्यानमा कलम चलाउँछिन्। गुरुसरल गाउँले जनजिब्रोमा जोडिएको भाषा शैलीको उपन्यास गुरु विशेष गरी जनयुद्धको विषयलाई वादी र प्रतिवादी नभई लेखिएको छ। पूर्वी पहाडदेखि पश्चिम लमजुङको दुरा डाँडासम्मको कथा र कथाका पात्राहरू जोडिएका छन्।

संस्थाले जनाए अनुसार, चैत्र ४ गते भोजपुरको चखिया डाँडामा पुरस्कार वितरण गरिने छ। चैत्र ५ गते ‘काव्य मुन्दुम पथ यात्रा’ गर्ने तयारी गरेको संस्थाले पाहुनाहरूलाई खान र बस्नको लागि निःशुल्क व्यवस्था गरेको छ।

प्रकाशित: Dec 25, 2022| 13:57 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।