आइतबार, पुस १३, २०८२

पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

 |  आइतबार, असार १५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार १५, २०८२

काठमाडौं- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ।

National life

भ्रष्टाचार मुद्दा लागेका बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयानलगत्तै थुनछेक बहस भएको थियो। 

बयान र थुनछेक बहस विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको हो।

सिन्धुपाल्चोकका निर्वाचित सांसदसमेत रहेका बस्नेतले सञ्चारमन्त्री छँदा पदीय दुरूपयोग गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँबराबरको घोटाला गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रकाशित: Jun 29, 2025| 20:25 आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्