आइतबार, असार १५, २०८२

निजामती सेवा विधेयक बहुमतले पारित

 |  आइतबार, असार १५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १५, २०८२

vianetvianet

काठमाडौं- प्रतिनिधिसभाको आजको वैठकले ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ पारित गरेको छ। विधेयकमा सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गरिएको छ।    

यसअघि वैठकमा सांसदहरु रेखा शर्मा, प्रेम सुवाल, प्रकाश ज्वाला, महेन्द्रबहादुर शाही, जनार्दन शर्मा, अमनलाल मोदी, रणेन्द्र बराइली, प्रभु साहलगायत सांसदले उक्त विधेयकमाथिको  छलफलमा भाग लिएका थिए। 

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक पारित गर्न सदनसमक्ष प्रस्तुत गरेका थिए। 

प्रतिनिधिसभाको अर्को वैठक यही असार २३ गते अपराह्न १:०० बजे हुनेछ।

प्रकाशित: Jun 29, 2025| 17:08 आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्