मंगलबार, असार १७, २०८२

‘ह्रस्वदीर्घ’बाट १३ वर्षपछि कमब्याक गर्दै अभिनेत्री विपना थापा

कुनै समयकी हिट नायिकाको छवि बनाएकी थापा अभिनेत्री निता ढुंगानाको फिल्म ह्रस्वदीर्घबाट कमब्याक गर्न लागेकी हुन्।
 |  आइतबार, पुस १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

vianetvianet

काठमाडौं– डेढ दशकसम्म नेपाली चलचित्रमा  अभिनय गरेकी विपना थापा विवाहपछि टाढिएकी थिइन्। अभिनयबाट टाढिएको ठीक १३ वर्षपछि उनी पुनः नेपाली चलचित्रमा फर्किंदै छन्। कुनै समयकी हिट नायिकाको छवि बनाएकी थापा अभिनेत्री निता ढुंगानाको फिल्म ह्रस्वदीर्घबाट कमब्याक गर्न लागेकी हुन्। 

निताको फिल्म ‘ह्रस्वदीर्घ’मा विपना अनुबन्ध भएकी छन्। विपना यो फिल्मको मुख्य चरित्रमा देखिने बताइएको छ। विपनासँग औपचारिक सम्झौता गरेको निताले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्। 

विपनाले अभिनय गरेको पछिल्लो फिल्म सन् २०१० मा रिलिज भएको थियो। ‘संघर्ष जिन्दगीको’मा काम गरेर फिल्म उद्योगबाट टाढिएकी विपना पछिल्लो समय भारतको कोलकातास्थित घरमा बस्छिन्। उनले भारतीय नागरिकसँग विवाहपछि फिल्म उद्योग छाडेकी हुन्।

चलचित्र ‘वरमाला’मा सहायक निर्माता, भारतीय नागरिक आशुतोष भारद्वाजसँग २०६४ मा बिहे गरेर भारतको मथुरा बसाइँ सरेकी उनी १० वर्षीया छोराकी आमा हुन्। विपना पछिल्लो समय काठमाडौं आइरहन्छिन्। उनलाई पुनः फिल्म अभिनय गर्ने चाहना छ। तर उचित भूमिका र ब्यानरको फिल्म भए आफूलाई दर्शकले फेरि पर्दामा देख्न पाउने उनले बताउँदै आएकी छन्।

विपनालाई अनलाइनमार्फत नै फिल्मका लागि अनुबन्धित गरेको फिल्मका निर्देशक चन्द्र पन्तले जानकारी दिए। उनले भने, ‘हामीलाई बलियो पात्र आवश्यक थियो। त्यो रोलमा विपनाजीलाई लिने निश्चित भयो। अनलाइनबाटै लिखित सम्झौता गरेका हौं।’

फिल्मका लागि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्दलगायत नेपाली र केही भारतीय कलाकार यसअघि नै फाइनल भइसकेका छन्। उक्त फिल्म फागुनदेखि छायांकनमा जानेछ।

प्रकाशित: Dec 25, 2022| 13:49 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।