आइतबार, मंसिर २८, २०८२

लुम्बिनीको लगातार दोस्रो जित

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टार दुई रनले विजयी भएको छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं- पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टार दुई रनले विजयी भएको छ। 

National life

लुम्बिनीले दिएको १५८ रनको लक्ष्य पाएको बिराटनगर निधर्मरित २० ओभरमा ६ विकेट गुमाएर १५५ मात्रै बनाउन सक्यो। 

बिराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए। यस्तै रोहित कुमार पौडेलले २५ रन, सिकन्दर राजा १७ रन र अर्जुन साउद १० रनमा आउट भए। पृथु बास्कोटाले १८ रन बनाए भने बिबेक यादवले १२ रनमा अविजित रहे। 

यता लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिए। सागर ढकाल, गुलसन झा, दिपेन्द्र सिहं ऐरी र प्याट ब्रोनले समान एक एक विकेट लिए।  

त्यसघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो। 

Laxmi sunrise bank
kumari

लुम्बिनीका लागि लाहिरु मिलन्थाले सानदार ब्याटिङ गरे। उनले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङमा अविजित रहे।  

यस्तै कुशल भुर्तेल २६ रनमा आउट हुँदा कप्तान दिपेन्द्र सिहं ऐरीले १६ रन बनाए। बिपुल शर्मा ११ रन र अनिल शाह ६ रनमा आउट भए। 

यता बिराटनगरका लागि हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी, सिकन्दर राजा र नन्दन यादबले समान एक एक विकेट लिए। यो जितसँगै लुम्बिनीले दुई खेलबाट ४ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ।

प्रकाशित: Dec 25, 2022| 12:47 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।