आइतबार, वैशाख १६, २०८१

काभा यू–२३ भलिबलः नेपाललाई इतिहास रच्ने मौका

बंगलादेशको ढाँका स्थित शाहीद सुहरावर्दी इनडोर स्टेडियममा हुने नेपाल र बंगलादेशको दोस्रो सेमिफाइनल खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

ढाका – नेपाली राष्ट्रिय यू–२३ भलिबल टोलीले बंगबन्दु एसियन सेन्ट्रल जोन यू–२३ अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप प्रतियोगिताको फाइनल प्रवेशका लागि आज (आइतबार) आयोजक बंगलादेशसँग खेल्दैछ।

triton college

बंगलादेशको ढाँका स्थित शाहीद सुहरावर्दी इनडोर स्टेडियममा हुने नेपाल र बंगलादेशको दोस्रो सेमिफाइनल खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ। 

आजको खेलमा नेपाली टोली जित निकाल्दै इतिहास रच्ने योजनामा छ। लिग चरणको पहिलो खेलमा नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित भएको थियो। 

त्यसैले नेपाललाई आजको खेलमा जित निकाल्दै प्रतियोगिताको उपाधि नजिक हुने अवसर छ। नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको टोलीले तीन खेलमा आशा लाग्दो प्रदर्शन गरेको र आजको खेलमा जित निकाल्ने कुरामा आफू विश्वस्त भएको बताए। 


corrent noodles
Metro Mart

‘अन्तर्राष्ट्रिय अनुभव नबटुलेर हामी प्रतियोगिता खेल्न आएका थियौं । त्यसका बाबजुत पनि हाम्रो प्रदर्शन निकै राम्रो रह्यो। अब तीन खेलमा हामीले लिएको ज्ञानलाई आजको खेलमा सदुपायोग गर्नेछौं,’ भट्टले भने। 

नेपालले लिग चरणका तीनै खेलमा हारको नजिता ब्यहोर्यो। पहिलो खेलमा आयोजकसँग सोझो सेटमा हारेको नेपाल दोस्रो खेलमा श्रीलंकासँग सोझो सेटले पराजित हुँदा लिग चरणको अन्तिम खेलमा कीर्गिस्थानसँग ३–२ सेटले पराजित भयो। 

‘लिग चरणमा नेपालले गरेको प्रदर्शमा म खुसि छु। अब इतिहास रच्ने समय आएको छ । त्यसमा हामी चुक्ने छैनौं। बंगलादेशसँग पहिलो खेल प्रतिस्पर्धात्मक भएको थियो। आज जित निकाल्दा हामी यसै पनि इतिहास रच्छौं,’ मुख्य प्रशिक्षक भट्टले भने। 

प्रतियोगितामा बंगलादेश अपराजित हुँदै सेमिफाइनलमा पुग्ने एक्लो टोली हो। यता नेपाल भने जित बिहिन हुँदै सेमिफाइनलमा पुगेको हो । आज नै हुने पहिलो सेमिफाइनलमा कीर्गिस्थान र श्रीलंकाले खेल्नेछन्। 

नेपाली टोलीका कप्तान धिरोज बस्नेतले आजको खेलमा बंगलादेशविरुद्ध नयाँ रणनीतिसँगै मैदान उत्रने बताए। उनले पहिलो खेलमा अन्तर्राष्ट्रिय अनुभनव नभएपनि उत्कृष्ट प्रदर्शन गरेकाले आजको खेलमा जितका लागि नै जाने बताए।


‘पहिलो खेलमा हाम्रो पहिलो अन्तर्राष्ट्रिय अनुभव थियो। तैपनि आयोजकविरुद्ध राम्रो प्रदर्शन थियो। आज नयाँ रणनीतिका साथ मैदान उत्रने छौं हामी जितका लागि खेल्नेछौं,’ धिरोजले भने।

आजको खेलमा जित निकाल्ने दुई टोली उपाधिका लागि खेल्नेछन् भने पराजित हुने टोली भोलीको फाइनल खेलअघि तेस्रो स्थानका लागि खेल्नेछ। 

प्रतियोगितामा जम्मा चार टोलीको सहभागिता भएकाले सबैले सेमिफाइनल खेल्ने अवसर पाएका हुन्। आजै हुने पहिलो सेमिफाइनल खेलमा श्रीलंका र कीर्गिस्थान भिड्नेछन्। उनीहरुको खेल दिउँसो २ः४५ मा हुनेछ। सेमीफाइनल खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि भिड्नेछन्। पराजित हुने टोलीले सोमबार हुने फाइनल खेलअघि तेस्रो स्थानका लागि खेल्नेछन्।

प्रकाशित: Dec 25, 2022| 11:48 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।