आइतबार, कात्तिक २, २०८२

विराटनगर किंग्सलाई लुम्बिनीले दियो १५८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १५७ रन बनाएको हो।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गत आइतबरा दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किंग्सलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १५७ रन बनाएको हो।

लुम्बिनीका लागि लाहिरु मिलन्था सर्वाधिक ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङमा अविजित रहे। त्यस्तै, कुशल भुर्तेल २६ रनमा आउट हुँदा कप्तान दीपेन्द्र सिहं ऐरीले १६ रन बनाए। विपुल शर्मा ११ रन र अनिल शाह ६ रनमा आउट भए।

बलिङका क्रममा विराटनगरका लागि हुसेन तलात, शाहब आलम, आन्ड्रय म्याकार्थी, सिकन्दर राजा र नन्दन यादवले समान एक–एक विकेट लिए।

प्रकाशित: Dec 25, 2022| 11:05 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।