आइतबार, वैशाख १६, २०८१

स्वारेज ब्राजिलियन क्लबमा अनुबन्ध

साउदी अरबियन क्लब अल खलिज क्लबले गरेको प्रस्ताव अस्वीकार गर्दै स्वारेज ब्राजिल गएका हुन्।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं– बार्सिलोनाका पूर्वउरुग्वेन भेट्रान खेलाडी लुइस स्वारेज ब्राजिलियन ग्रिमियो क्लबमा अनुबन्ध भएका छन्। सन् २०२१÷२२ सिजनपछि युरोपियन क्लब छाडेर घरेलु क्लबमा आबद्ध भएका थिए। 

triton college

त्यसपछि उनी ब्राजिलियन क्लबमा दुई वर्षका लागि अनुबन्ध भएको अन्तर्राष्ट्रिय पत्रकार फाब्रिजियो रोमानियोले बताएका छन्। साउदी अरबियन क्लब अल खलिज क्लबले गरेको प्रस्ताव अस्वीकार गर्दै स्वारेज ब्राजिल गएका हुन्।

स्वारेजले युरोपमा आयाक्स, लिभरपुल, बार्सिलोनार एथ्लेटिको मड्रिडमा खेलेका थिए। सोही क्रममा उनले बार्सिलोनामा सन् २०१५ मा युरोपियन च्याम्पियन्स लिग जितेका थिए। त्यस्तै, उनी मेस्सी र रोनाल्डोको समय युरोपियन गोल्डेन बुट जित्ने पहिलो खेलाडीसमेत हुन्।

कतार विश्वकपमा टिमले राम्रो प्रदर्शन गर्न नसकेपछि उनको टिम समूह चरणबाटै बाहिरिएको थियो। अहिले स्वारेज छुट्टीको क्रममा आफ्ना साथी तथा अर्जेन्टाइन कप्तान लियोनल मेस्सीसँग अर्जेन्टिनाको रोजारियोमा छन्।

प्रकाशित: Dec 25, 2022| 10:59 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।