काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि आज बिहान खुमलटार पुगेका छन्। सत्ता गठबन्धनमा सहमति नजुटेपछि गए राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका निधि बिहानै प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको विशेष दूत बनेर उनले ओली र प्रचण्डसँग भेटेका छन्।
माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई आग्रह गर्दै अन्यथा गठबन्धन टुंग्याउने अडान लिएका छन्। यहीबीच प्रचण्डसँग सहमति जुटाउन निधिले प्रयास थालेका हुन्।
नयाँ सरकारको नेतृत्वमा पहिलो चरणमै कांग्रेस सभापति शेरबहादुर देउवाको पनि दाबी छ। भागवण्डा टुंगो लगाउन केहीबेरमा बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ।