सोमबार, जेठ ४, २०८३

गठबन्धन बैठकअघि माओवादी नेताहरू छलफलमा

प्रधानमन्त्रीको विषय टुंग्याउन लगाउन केहीबेरमा गठबन्धन बैठक बस्दै छ। त्यसअघि नेकपा माओवादी केन्द्रका शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भएका छन्।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं- प्रधानमन्त्रीको विषय टुंग्याउन लगाउन केहीबेरमा गठबन्धन बैठक बस्दै छ। त्यसअघि नेकपा माओवादी केन्द्रका शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भएका छन्।

National life

सत्ता गठबन्धनको निर्णायक बैठक सुरु हुनुअघि माओवादी नेताहरू प्रचण्ड निवासमा भेला भएका हुन्। प्रचण्ड निवासमा नेताहरू नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, गिरिराजमणि पोख्रेल, देवेन्द्र पौडेल, वर्षमान पुन, देव गुरुङ, जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालसहित छलफल चलिरहेको हो।

कांग्रेसले माओवादीलाई प्रधानमन्त्री नदिए  सत्ता गठबन्धनबाट बाहिरिने तयारी माओवादी नेताहरूको छ।  वर्षमान पुनलगायत नेताले प्रचण्डलाई गठबन्धन छाड्न सुझाव दिइरहेका छन्। 

सरकार गठनका लागि राष्ट्रपतिले दिएको सात दिनको समय सीमा आज साँझ ५ बजे सकिँदै छ। तर दलहरूबीच सत्ताको नेतृत्वमा कुरा नमिल्दा सरकार गठनको खाका आउन सकेको छैन।

प्रकाशित: Dec 25, 2022| 10:05 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...