शनिबार, साउन १०, २०८२

गठबन्धनमा कुरा नमिलेपछि देउवाका दूत राति नै बालकोट पुगे

सरकार गठनका लागि सहमति खोज्न शनिबार साँझ बालुवाटारमा बसेको बैठक सत्ता गठबन्धनको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।
 |  आइतबार, पुस १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

vianetvianet

काठमाडौं- सरकार गठनका लागि सहमति खोज्न शनिबार साँझ बालुवाटारमा बसेको बैठक सत्ता गठबन्धनको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

सरकारको नेतृत्वमा दाबी गरेका दुवै दल कांग्रेस र माओवादी पछि हटेनन्। बरु नेकपा एसका अध्यक्ष माधव नेपालले समेत १ वर्ष भए पनि आफू पनि प्रधानमन्त्री हुन पाए हुन्थ्यो भन्ने इच्छा जाहेर गरे। गठबन्धनको बैठक आज पनि बस्दैछ।

गठबन्धनमा सहमति हुने सम्भावना कम हुँदै गएपछि कांग्रेसले एमालेको साथ खोजेको छ। गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटका लागि बालकोट पठाएका छन्। निधिले शनिबार राति नै ओली निवास पुगेर कुराकानी गरेका छन्।

माओवादी पनि कांग्रेससँग कुरा नमिले एमालेसँग मिलेर सरकार बनाउने दाउमा छ। एमाले अध्यक्ष ओलीले गठबन्धन छोडेर आए माओवादीसँग मिल्ने जनाउ दिएका छन्।

राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई दिएको समय आज साँझ पाँच बजे सकिँदैछ। समय सीमाभित्रै दलहरू सरकार गठनको प्रस्ताव लिएर शीतल निवास जाने प्रयासमा छन्।

प्रकाशित: Dec 25, 2022| 06:30 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...