बुधबार, जेठ २७, २०८३

विविधताबीचको एकता नै नेपालीको पहिचान : उपराष्ट्रपति पुन

इसाई धर्मावलम्बीलाई शुभकामना दिँदै उनले यस्ता पर्वले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भ्रातृत्व र सहिष्णुता कायम राख्दै सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन्।

National life

इसाई धर्मावलम्बीको पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिँदै उनले यस्ता पर्वले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भ्रातृत्व र सहिष्णुता कायम राख्दै सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन्।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको स्मरण गर्दै उपराष्ट्रपतिले यस्ता पर्वले समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको सम्मिश्रित बसोबास रहेको उल्लेख गर्दै उनले विभिन्न समुदायको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति रहेको तथा विविधता बीचको एकता नै नेपालीको साझा पहिचान भएको बताए।

सन्देशमा उपराष्ट्रपतिले भनेका छन्। ‘विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भ्रातृत्व र सहिष्णुता कायम गर्दै आएका छन्। हामी एकले अर्काको धार्मिक तथा सांस्कृतिक पहिचानलाई स्वीकार र सम्मान गर्न सक्नुपर्छ। यसो गर्दा मात्र हाम्रो राष्ट्रिय एकता अझै सुदृढ हुन सक्छ।’

Shivam cement

प्रकाशित: Dec 24, 2022| 20:20 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...