काठमाडौं- नेपाल टी–२० लिगको आफ्नो पहिलो खेलमा लुम्बिनी अल स्टारले विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवी मैदानमा शनिबार दिउँसो सम्पन्न दोस्रो खेलमा लुम्बिनीले फारवेस्ट युनाइटेडलाई ६७ रनले हराएको हो।
टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १५२ रन बनाएको थियो। जवाफमा १६ ओभर दुई बलमै सबै सम्पूर्ण विकेट गुमाएर ८५ रुन बनाएपछि अलस्टारले ६७ रनको जित निकालेको हो।
खेलमा लाहिरु मिलन्थाले ६० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३५ रन बनाए। त्यस्तै गुल्सन झाले पनि २५ रनको योगदान दिए। यता फारवेस्टका लागि करण केसी र उमिर अलीले समान ३–३ विकेट लिएका थिए।
जवाफमा कप्तान हसमतुल्लाह साहिदीले सबैभन्दा धेरै ३५ रन बनाएका थिए। विनोद भण्डारीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका लागि दिपेन्द्रले तीन विकेट लिए भने सागर ढकालले पनि दुई विकेट लिए।