शनिबार, वैशाख १२, २०८३

टी-२० लिगमा आज दुई खेल : पहिलो खेलमा विराटनगर र लुम्बिनी भिड्दै

प्रतियोगितामा विराटनगरको पहिलो खेल हो भने लुम्बिनीले यसअघि नै एक खेल खेलिसकेको छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

काठमाडौं- काठमाडौंमा जारी नेपाल टी-२० लिगमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा शनिबारबाट सुरु भएको लिगको दोस्रो दिन दुई खेल हुँदैछन्।

National life

बिहान ९:१५ मा सुरु हुने खेलमा विराटनगर सुपर किंग्सले लुम्बिनी अल स्टारको सामना गर्दैछ। प्रतियोगितामा विराटनगरको पहिलो खेल हो भने लुम्बिनीले यसअघि नै एक खेल खेलिसकेको छ।

यसअघि कीर्तिपुरस्थित त्रिवी मैदानमा शनिबार दिउँसो सम्पन्न दोस्रो खेलमा लुम्बिनीले फारवेस्ट युनाइटेडलाई ६७ रनले हराएको थियो। 

टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १५२ रन बनाएको थियो। जवाफमा १६ ओभर दुई बलमै सबै सम्पूर्ण विकेट गुमाएर ८५ रन बनाएपछि अलस्टारले ६७ रनको जित निकालेको हो। 

यससँगै लुम्बिनीले लिगमा दुई अंक जोडिसकेको छ। त्यस्तै लिगको दोस्रो खेल भने दिउँसो १:१५ बजे सुरु हुनेछ। यो खेलमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सको सामना गर्दैछ। पोखराले पनि आफ्नो पहिलो खेलमा जित निकालेको थियो। यता जनकपुरले भने लिगमा आज पहिलो खेल खेल्दैछ।

kumari

प्रकाशित: Dec 25, 2022| 06:00 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।