आइतबार, मंसिर २८, २०८२

यू-१४ टेनिसमा नेपालका राजवीर च्याम्पियन

नेपालका राजवीर प्रधान २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा शनिबार पहिलो भएका छन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं – नेपालका राजवीर प्रधान २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा शनिबार पहिलो भएका छन्।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे। पुस २ मा सम्पन्न प्रतियोगिताको सर्किट– १ मा भने राजवीर परीक्षा कारण सहभागी थिएनन्। सर्किट– १ मा भारतका भिभान मिर्धाले नेपालका आयुशमान हजुर घलेलाई हराउदै पहिलो भएका थिए।

नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्सको फाइनलमा भारतकी तनिशा भत्नागरले भारतकै सराह चौधरीलाई सीधा सेटमा ६–३ र ६–४ ले पाखा लगाउदै पहिलो भइन्। सर्किट– १ मा भने नेपाली खेलाडीको वर्चस्व थियो। नेपालका शिभाली गुरुङ पहिलो, आद्या पौड्याल दोश्रो तथा प्रशंसा मोक्तान र स्वस्तिका विष्ट तेश्रो भएका थिए। सर्किट– १ कै डबल्समा पनि शिभालीले स्वर्ण हात पारेकी थिइन्।

शुक्रबार सम्पन्न सर्किट–२ को ब्वाइज डबल्समा हङकङका तामाङ र वान हिम दोनोभन यिमको जोडी पहिलो भएका थियो। गल्र्समा नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडीले शीर्ष स्थान हात पारेको थियो।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे। एसियाली टेनिस महासंघको स्वीकृतिमा भएको प्रतियोगिताअन्तर्गत ब्वाइजमा १७ तथा गल्र्समा १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

Laxmi sunrise bank
kumari

नेपालसहित १४ राष्ट्रका खेलाडीले सिंगल्स र डबल्स खेलेका थिए।

मन जकयर टेनिस एकेडेमीले पहिलो पटक जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो। विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिताका रुपमा आयोजना गरिएको थियो।

प्रकाशित: Dec 24, 2022| 18:04 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।