बिहीबार, असार १८, २०८३

लिग चरणका सबै खेलमा हार बेहोरेको नेपालले सेमिफाइनल खेल्ने

शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेसँगै नेपाल लिगका सबै खेलमा पराजित भएको हो।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं- काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगिताको लिग चरणका सबै खेलमा नेपाल पराजित भएको छ। 

शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेसँगै नेपाल लिगका सबै खेलमा पराजित भएको हो।

नेपालले अब अन्तिम खेलमा लिग चरणको विजेतासँग खेल्नेछ। शाहीद सुहरावर्दी इनडोर स्टेडियमममा जारी खेलमा पहिलो  सेट २५–१६ ले गुमाएको नेपालले त्यसपछि दोस्रो सेटमा पुनरागमन गर्दै २५–२३ को जित निकाल्यो।

त्यसपछि नेपालले तेस्रो सेट २५–१७ ले गुमाएको थियो। नेपालले चौथो सेट २५–१९ मा जित निकाल्दा अन्तिम सेटमा किर्गिस्तानले १५–६ को जित निकाल्यो।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ। सबै खेलमा हारका बाबजुद पनि नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल भोलि खेल्नेछ।  

प्रतियोगितामा चार टोलीको मात्र सहभागिता भएको हुनाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन्।

प्रकाशित: Dec 24, 2022| 18:15 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।