शनिबार, साउन १०, २०८२

देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन्।
 |  शनिबार, पुस ९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको सांसद चन्दा चौधरीले जानकारी  दिए।

 जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताए। राष्ट्रपति विद्यादेवी  भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ। 

प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ। 


प्रकाशित: Dec 24, 2022| 19:00 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...