बुधबार, जेठ २७, २०८३

कांग्रेसका सांसदको माग, देउवाकै नेतृत्वमा नयाँ सरकार

शनिबार प्रधानमन्त्री निवास बलुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका सांसदहरुले यस्तो माग गरेका हुन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गरिनुपर्ने बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बलुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका सांसदहरुले यस्तो माग गरेका हुन्।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने प्रधानमन्त्रीलाई भेटेकीे सांसद चन्दा चौधरीले बताइन्। जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताए। 

राष्ट्रपति विद्यादेवी  भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समयसीमा आइतबार सकिँदै छ। प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दल हो।

प्रकाशित: Dec 24, 2022| 14:48 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...